INSEC Online

📅 २०८३ जेष्ठ २१

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पीडितलाई आर्थिक सहयोग

घरेलु हिंसामा परेर पीडित भएको भन्दै काठमाडौँ महानगपालिका–१५ चौमती बस्ने २० वर्षीया अलिशा शाहीले इन्सेक प्रदेश तीनकोे कार्यालयमा न्यायको लागि पहल गरिदिन निवेदन दिएको आधारमा सहयोग गरिएको छ ।

पीडितले दिएको निवेदनमा २० वर्षीय पति समिर शाहीले पटकपटक गालीगलौज गरी कुटपिट गर्ने र अन्य महिलासगँ सम्बन्ध राख्ने गरेको कुरा पीडितको निवेदनमा उल्लेख छ ।

दुई वर्षअघि प्रेम विवाह गरेका उनीहरूको साढे दुई महिनाकी छोरी रहेकी छन् । छोरीको पालन पोषणमा समेत बेवास्ता गरी लागुपदार्थ सेवन गरी शारीरिक तथा मानसिक पीडा दिएको भन्दै पीडितले जेठ २२ गतेदेखि महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा न्यायका लागी धाउँदै आएको बताएकी छन् ।

उनले थप न्यायका लागि इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा पीडितले दिएको निवेदनका आधारमा आरोपितलाई कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी लेखाएर दर्ता गर्ने प्रक्रियामा सहयोग पुर्‍याएको इन्सेक जिल्ला प्रतिनिधि विमला पौडेलले बताए ।

आरोपितलाई कानुनी दायरामा ल्याउन सहयोग पुर्‍याउन पीडितले इन्सेक प्रतिनिधिलाई लिखित अनुरोध गरेपछि उजुरी दर्ता प्रक्रियामा इन्सेकले सहयोग पुर्‍याएको हो ।

अन्य

भिडियो