INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिकोट जिल्ला पचालझरना गाँउपालिका घर भई वीरेन्द्रनगर नपा–३ बस्ने ३५ वर्षीय विजयराज सेजुवाललाई असार १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १६ गते बलात्कार गरेको भनी पीडित पक्षले असार १८ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई वीरेन्द्रनगरबाटै गिरफ्तार गरी हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

पीडितको स्वास्थ परीक्षण असार १८ गते नै प्रदेश अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अन्य

भिडियो