भोजपुर नगरपालिका–६ देउराली चोक नजिकै फेला परेको टाइम बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
असार १८ गते स्थानीयले शङ्कास्पद वस्तु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सेनालाई खबर गरी शङ्कास्पद ‘वस्तु’लाई निष्क्रिय बनाएको हो ।
मोवाइलमा टाइमिङ गरी राखिएको बम डिस्पोज गरेको फस्ट राइफल गण भोजपुरका मेजर गङ्गा बरालले बताए । मोवाइलमा सिम कार्ड भने नभेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झोलामा शङ्कास्पद वस्तु राखेको फेला परेपनि कसले र किन राख्यो भन्ने विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।