लालबन्दी नपा–१ नबलपुर बस्ने ३० वर्षीय जयनाथ महतोलाई असार १४ गते अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरी घाइते बनाएको छ ।
लालबन्दी नपा–१ नवलपुरमा ब्रह्मस्थानको मन्दिर निर्माणमा मजदुरीको काम गर्दै गरेको अवस्थामा महतोलाई मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको हो ।
महतोको दाहिने हातमा गोली लागेको छ । महतोलाई नवलपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगंज लगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतितसिंह राठोरले जानकारी दिए ।
गोली प्रहार कसले र किन गरेको हो ? खुल्न नसकेको उनले बताए । गोली हानी फरार उनीहरूको खोजी कार्य भइरहेको डिएसपी राठोरले बताए । हतियारधारी समूहले गोली प्रहार गरी जङ्गलको बाटो हुँदै पूर्वतर्फ भागेको स्थानीयले बताए ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,