दुहवी नगरपालिका–७ स्थित भलुवाकी २५ वर्षीया बिमला चौधरीलाई उनका पति शिवकुमार चौधरीले जलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।
पीडित महिलालाई आरोपितले असार १३ गते साँझ घरायसी विवादमा कुटपिट गर्नुकासाथै तातो पानीमा हालेर जलाउने प्रयास गरेको पीडितले बताइन् ।
घटनाको विषयमा थाहा पाएपछि दुहवी नपा–७ का वडाध्यक्ष बिजयकुमार चौधरीले महिलालाई तत्कालै उद्धार गरेर दुहवीस्थित सुनसरी सामुदायिक अस्पतालमा उपचार गर्नका लागि भर्ना गराएको बताए ।
कराइको तातो पानीले महिलाको पछाडीको भाग जलेकोले आरोपितलाई कारवाहीको दायरामा ल्याउने तयारी गरेको दुहवी नगरपालिकाका प्रवक्ता समेत रहेका चौधरीले बताए ।
घटनाको बारेमा कुनै जानकारी प्राप्त नभएको इलाका प्रहरी कार्यालय दुहवीका इन्स्पेक्टर रामनारायण माझीले बताए ।