आफूलाई धर्ती माता दावी गर्दै आएकी हस्तीचौर नगरपालिका–८, गुल्मीकी ३२ वर्षीया विष्णु कुँवरलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको छ ।
बुटवल स्थायी घर बताउँदै आएकी कुँवरलाई महानगरीय प्रहरी परिसर काठमाडौँले बालाजु क्षेत्रबाट गिरफ्तार गरेको हो ।
कुँवरले आफूलाई तन्त्रमन्त्रको ज्ञान भएको दावी गर्दै केही दिनअघि भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिएको आरोपमा उनलाई गिरफ्तार गरीएको महानगरीय प्रहरी परिसरका डिएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।