मधुवन नपा–९ की ४५ वर्षीया दिलमाया देशुवा मगरलाई असार १२ गते ५० वर्षीय पति केशरबहादुर देशुवा मगरले कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ ।
मधुवन नपा–८ स्थित प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले आरोपितलाई असार १२ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा कुटपिट गरी बेहोस भएकी महिलालाई जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।
पीडित पक्षले असार १३ गते उजुरी गरेपछि घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण वलीले बताए । शवको पोष्टमार्टम असार १३ गते जिल्ला अस्पतालमा भएको प्रहरीले जनाएको छ ।