नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले असार १० गते आह्वान गरेको बन्दमा कालिगण्डकी गाउँपालिकास्थित मिर्मी बजारमा भेटिएको कुकर बमलाई निष्क्रिय पारिएको छ ।
पाल्पाबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोली र कालिगण्डकी ‘ए’ जलविद्युत केन्द्रको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटना स्थलमा पुगेर सो कुकर बमलाई निष्क्रिय पारेको हो ।
प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले कुकर बमलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको र कुकर भित्र सामान्य खालका ब्याट्री राखिएको जानकारी दिए ।
जैपते प्रहरी चौधरीका असई तेजप्रसाद चौधरीका अनुसार बजारको बिचमा तार जोडेर राखिएको कुकर बिहान स्थानीयले देखेपछि कुकर बम हुन सक्ने आशङ्कामा प्रहरीलाई खबर गरेका थिए ।