चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला घर भई हाल ललितपुर बस्ने बस्ने ५१ वर्षीय हजुरबुबालाई असार ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मिठाइ खुवाउने बहानामा असार ८ गते बलात्कार गरेको भन्दै पीडितकी फुपू दिदीले असार १० गते आरोपितविरूद्ध महानगरीय प्रहरी वृत्त सातदोबाटोमा लिखित उजुरी दिएको उक्त वृत्तका डिएसपी गौतम मिश्रले बताए ।
आरोपितलाई जिल्ला अदालतबाट असार १० गतेदेखि पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १० गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।