दशरचथन्द नगरपालिका–४ ववेतकी ३८ वर्षीया सुचित्रा वडलाई असार ६ गते कुटपिट र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति लिपेन्द्र वडलाई असार ७ गते गिरफ्तार गरेको छ ।
सुचित्रालाई समय–समयमा कुटपिट गर्ने गरेकाले पीडितको उजुरीका आधारमा आरोपित वडलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेयले बताए ।
उनका अनुसार आरोपित वडविरूद्ध दुर्व्यवहार अन्तर्गत मुद्दा चलाइएको र जिल्ला प्रशासन कार्यालयबाट १५ दिनको म्याद थप गरी थुनामा राखिएको छ । बिना कारण पतिले आफूलाई कुटपिट गर्ने गरेको पीडित सुचित्रा वडको भनाई छ । पीडित महिलाको उपचार जिल्ला अस्पतालमा असार ६ गते गरिएको छ ।