१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ जिल्ला धुनिबेसी नगरपालिका, नौबिसे घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका–१४, ठैब चोकमा बस्ने २० वर्षीय विजय तामाङलाई असार ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फेसबुकबाट साथी बनाइ ०७५ पुस २३ गते बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रले बताए ।
फेसबुकबाट आपसमा परिचय गरी फोन नम्बर आदानप्रदान गरी पीडितलाई आरोपितले आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडितको आरोप छ ।
पीडित बालिकाले असार ५ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ५ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ । पीडित बालिका गर्भवती रहेको अस्पतालले जनाएको छ ।