१५ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर भारततर्फ लैजादै गर्दा असार ४ गते शान्ति पुनस्र्थापना केन्द्रले उद्धार गरी प्रहरीमा बुझाएको छ ।
पीडित बालिकालाई भारतीय युवकसँग विवाह गर्ने बहानामा भारततर्फ लैजाँदै गरेको आरोपमा अर्घाखाँची जिल्ला सन्धिखर्क नपा–५ की बर्तिसा भन्ने २४ वर्षीया सावित्रा कुमाललाई इलाका प्रहरी कार्यालय कृष्णनगरमा बुझाएको शान्ति पुनस्र्थापना केन्द्रका संयोजक भुमिराज भट्टराईले बताए ।
सावित्रा कुमालले भारत दिल्लीका अरुण नाम गरेका व्यक्तिबाट ५ हजार रुपियाँ लिई बालिकालाई भारततर्फ पठाउन लागेको सोधपुछका क्रममा खलेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरले पीडित बालिका र सावित्री कुमाललाई असार ५ गते अर्घाखाँची जिल्ला प्रहरी कार्यालयमा हस्तान्तरण गरेकोमा प्रहरीले आरोपितविरूद्ध असार ५ गते मानव बेचबिखन मुद्दा दर्ता गरी बालिकालाई आफन्तको जिम्मा लगाएको जनाएको छ ।