राजापुर नपा–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको असार ४ गते राति अज्ञात पक्षबाट धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको हो । प्रहरीका अनुसार घरमा जयराम र उनका बुहारी मात्र रहेका थिए । बुहारी घर भित्र र ससुरा बाहिर आँगनमा सुतेका थिए ।
मृतकका छोरा वैदेशिक रोजगारमा विदेशमा रहेका छन् । असार ५ गते बिहान उनको शव आँगनमै देखिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
हत्या कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी तिलक भारतीले बताए ।
शवको पोष्टमार्टम असार ५ गते कैलाली जिल्लाको टिकापुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
