१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रम्पुरा मल्हनिया गाविस-३ का ५५ वर्षीय बिन्दु मुखियालाई सप्तरी प्रहरीले गिरफ्तार गरी कात्तिक १८ गते मुद्दा दर्ता गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते उजुरी दिएका छन् ।
तिहारको विदा परेकोले घटना भएकै दिन कात्तिक १४ गते राति गिरफ्तार गरिएका आरोपितविरुद्ध कार्यालय खुलेपछि कात्तिक १८ गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।