वौद्धिक अपाङ्गता भएकी २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बाहृदशी गाउँपालिका-५ का ७२ वर्षीय कमलबहादुर चौहानलाई अदालतले असार ३ गते ७ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश खिलनाथ रेग्मीको इजलासले कसुर गरेको ठहर गर्दै कैदसँगै क्षतिपूर्ति बापत २५ हजार रुपियाँ भराउन आदेश दिएको छ ।
बलात्कार गरेको आरोपमा पीडितका बाबुले आरोपितविरूद्घ ०७५ फागुन ७ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी कानूनी कारवाही अघि बढाएको थियो ।
जिल्ला अदालतको फागुन १९ को आदेशले आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा फागुन ७ गते गरिएको थियो ।