INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ जिल्ला दक्षिणकाली नगरपालिका–१ घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका–१ टौखेलस्थित न्यू हिमालयन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा काम गर्दै आएका ३४ वर्षीय किशार खत्री (के.सी.)लाई जेठ ३० गते गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी बृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रका अनुसार पीडित बालिकाले जेठ ३० गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको हो ।

महालक्ष्मी नगरपालिका–८, लुभु, सशम्भूचौरबाट गिरफ्तारीमा परेका आरोपितका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३० गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो