१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सखुवानन्कारकट्टी गाउँपालिका-१ का २२ वर्षीय जिवेन्द्र यादवलाई जिल्ला अदालतले जेठ २८ गते १० वर्षकैद र ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ ।
न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला गरेको सरकारी वकिल एकराज अधिकारीले बताए ।
पीडित बालिकालाई ०७४ असोज १४ गते आरोपितहरू सखुवानन्कारकट्टी गाउँपालिका-१ का १८ वर्षीय दिपेन्द्र यादव र २२ वर्षीय जिवेन्द्र यादवले सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असोज १७ गते उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा असोज १७ गते गरिएको थियो ।
इलाका प्रहरी कार्यालय लहानले जिवेन्द्रलाइ ०७५ चैत २२ गते गिरफतार गरेको थियो भने जिल्ला अदालतले चैत २५ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
अर्का आरोपित दिपेन्द्र यादवलाई असोज १७ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित कात्तिक १४ गतेदेखि पुर्पक्षका लागि थुनामा गएका थिए । जिल्ला अदालतले दिपेन्द्रलाई ०७५ फागुनमा १० वर्षकैद तथा ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको थियो ।