INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण गरेको कसुरमा तीन वर्ष कैदको फैसला

तीन वर्षीया बालिकालाई अपहरण गरेको कसुरमा जिल्ला अदालतले घोराही उमनपा–९ का २७ वर्षीय प्रयास भनिने भागिराम चौधरीलाई जेठ २६ गते तीन वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको इजलासले जेठ २६ गते चौधरीलाई तीन वर्ष कैद, ३० हजार रुपियाँ जरिवाना र पीडितलाई १५ हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपाईले बताए  ।

पीडित बालिकालाई चौधरीले ०७५ माघ २८ गते कालिकोट जिल्ला खाडा गाउँपालिका–४ स्थायी घर भई अभिभावकसँग घोराही उमनपा–१४ कपासी बस्ने बालिकालाई अपहरण गरेका थिए ।

पीडित पक्षले माघ २८ गते प्रहरीमा उजुरी दिएपछि सोही दिन घोराही उमनपा– १४ रतनपुर चोकबाट बालिकाको उद्दार  गरी  आरोपितलाई गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो