INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पैञ्यु गाउँपालिका–६ सरौँखोला बस्ने १९ वर्षीय सुरज परियारलाई इलाका प्रहरी कार्यालय, हुवासले जेठ १६ गते बेलुका गिरफ््तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही समय प्रहरीलाई खबर गरेपछि प्रहरीले गिरफ्तार गरेको थियो ।

घटनास्थलबाट भाग्दै गर्दा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, हुवासका इन्स्पेक्टर मित्रबहादुर आचार्यले जानकारी दिए ।

आरोपित परियारलाई हाल जिल्ला प्रहरी कार्यालय, पर्वत स्थित हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्सपेक्टर रविन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ परीक्षण जेठ १७ गते पोखरास्थित पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

अन्य

भिडियो