विराटनगर महानगरपालिका–१० की २३ वर्षीया शिखा घिमिरेको हत्या गरेको आरोपमा ३० वर्षीय पति दिनेश भट्टराईलाई जिल्ला अदालत मोरङले जेठ १५ गते जन्मकैदको फैसला गरेको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले जिवित रहेसम्म जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए ।
दिनेशले ०७५ भदौ १ गते ग्रामथान गाउँपालिका–३ स्थित बाटोमा धारिलो हतियार प्रहार गरी शिखाको हत्या गरेका थिए ।
हत्या हुँदै गरेको देखेका गाउँलेहरुले बाटो छेकेर दिनेशलाई नियन्त्रणमा लिन सफल भएका थिए । प्रहरीले अनुसन्धानपछि अदालतमा पेश गरेकोमा जिल्ला अदालतले भदौ २७ गते पुर्पक्षमा राख्न आदेश दिएको थियो । शवको पोष्टमार्टम भदौ १ गते कोशी अञ्चल अस्पताल विराटनगरमा भएको थियो ।