१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नगरपालिका २४ का २० वर्षीय देवकुमार यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा जेठ १५ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ १४ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाका अनुसार घटनाको जानकारी हुनासाथ कारवाही प्रक्रिया अगाडि बढाइएको छ । आरोपित फरार रहेकोले खोजतलास सुरु गरिएको उनको भनाई छ ।