INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको प्रयास गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१८ वर्षीया सुस्तमनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कटारी नगरपालिका २ गराँसका ६७ वर्षीय रामबहादुर विष्टलाई जिल्ला अदालतले जेठ १४ गते ३ वर्ष ४ महिना १५ दिन कैद तथा पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति र ३५ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश तेजेन्द्रशर्मा सापकोटाको इजलासले मुद्दालाई करणी उद्योगमा परिणत गर्दै यस्तो फैसला सुनाएको हो ।

अदालतले ३ वर्ष ६ महिना कैद ठहर गरेकोमा पीडित सुस्तमनस्थिति देखिएकाले थप एक वर्ष सजाय हुने गरी ४ वर्ष ६ महिना सजाय तोकेको स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।

सजाय निर्धारणसँगै कसुरदार ज्येष्ठ नागरिक भएको प्रमाणित हुन गएकाले पुर्ण कैदको २५ प्रतिशत छुट गरिएको उनले बताए ।

फैसलासँगै कसुरदारले अब ३ वर्ष ४ महिना १५ दिन कैद भुक्तान गर्नु पर्नेछ । क्षतिपुर्ति र जरिवानाको हकमा भने छुट नहुने आचार्यले बताए । नयाँ कानुनको ज्येष्ठ नागरिक महलमा ६५ वर्ष माथिकालाई ज्येष्ठ नागरिकको परिभाषा गरिएको छ ।

पीडित युवतीलाई विष्टले ०७५ पुस ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ४ गते इलाका प्रहरी कार्यालय कटारीमा निवेदन दिएको थियो ।

तत्कालै गिरफ्तार परेका विष्टलाई अदालतले पुस २९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण पुस ४ गते कटारी अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो