राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक जिल्ला प्रतिनिधि सम्मिलित संयुक्त टोलीले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत अनुगमन गरेको छ ।
टोलीले अनुगमनको क्रममा प्रहरी हिरासतमा रहेका एक जना महिला र आठ महिनाको बालकसहित नौ जनाको अवस्था अवलोकन गरेको थियो ।
प्रहरी हिरासतमा रहेकाहरूको अवस्था सामान्य रहेको अनुगमनको क्रममा पाइएको अनुगमन टोलीका संयोजक दिपेन्द्रबहादुर सिंहले बताए ।
अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दिपेन्द्रबहादुर सिंह, किरण घिमिरे र इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धिताल संलग्न रहेका थिए ।