INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

कर्जन्हा नपा–११ की २९ वर्षीया रितुदेवी यादवको हत्या गरेको आरोपमा माइती पक्षले ३४ वर्षीय पति चन्देश्वर यादवविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा जेठ ८ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार आरोपितले घरायसी विवादका कारण जेठ ७ गते रितुको हत्या चन्देश्वरले गरेका हुन् । शवको पोष्टमार्टम जिल्ला अस्पताल सिरहामा जेठ ८ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई जेठ ७ गते नै गिरफ्तार गरी अनुन्सधान थालिएको छ ।

अन्य

भिडियो