अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोङ गाउँपालिका–२ का ६८ वर्षीय मकरध्वज लिम्बूलाई जेठ ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ जेठ ३ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर हेमराज ओलीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ३ गते गरिएको छ ।