INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

शारदा नगरपालिका–१४ ढारखानी घर भई शिद्दकुमाख गाउँपालिका–३ ढोरचौर बस्ने २७ वर्षीया सुनिता बुढाथोकी घर्तीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति किसन घर्ती मगरलाई जेठ ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ ४ गते राति मात्रै तीन पटक कुटपिट गरेको र बल्लतल्ल भाग्न सफल भएको बताउँदै उनले न्याय खोज्दै खलङ्गा आएको बताइन् ।

पतिले ‘सम्बन्ध विच्छेद गर्न जा’ भनेको नमानेकाले कुटपिट गरेको पीडितले बताएकी छन् । पीडित बुढाथोकीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा गई न्यायका लागि प्रकृया अगाडि बढाएकी छन् ।

कुटपिट पछि पतिले डेढ वर्षीय छोरालाई समेत खोसेर राखेकोमा इन्सेकको पहल र प्रहरीको सहयोगमा छोरालाई समेत अहिले आमासँगै राखिएको छ । पीडित आमाछोरालाई जिल्लास्थित सुरक्षित आवास गृहमा राखिएको छ ।

अन्य

भिडियो