INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा बेवारिसे महिलाको उद्दार

सल्यानमा बेवारिसे अवस्थामा फेला परेकी रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–१ सिरुवाली निवासी २४ वर्षीया लिला भनिने लुम्बिकाकुमारी बुढा मगरलाई इन्सेकको पहलमा जिल्लास्थित सुरक्षित आवास गृहमा राखिएको छ ।

०७६ वैशाख २९ गते घरबाट निस्किएको र जेठ ३ गतेसम्म रुकुममा होटलमा काम गरी बसेको बताउँदै उनले जेठ ४ गते सल्यानमा आइपुगेको सुनाइन् ।

सल्यानमा बेवारिसे अवस्थामा घुम्दै गरेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सल्यानले इन्सेकलाई जानकारी गराएको हो ।

हाल उनी जिल्ला स्थित मानव अधिकार वकालत केन्द्रद्वारा सञ्चालित सुरक्षित आवास गृहमा आश्रय लिएर बसिरहेकी छन् । इन्सेकको पहलमा पीडितका आफन्त र घर परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।

अन्य

भिडियो