INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

काभ्रे जिल्लाको भुम्लु गाउँपालिका–३ घर भई काठमाडौंको बागबजारमा बस्दै आएकी २८ वर्षीया निर्मला नेपाललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति राजकुमार पहरीलाई वैशाख २३ गते गिरफ्तार गरेको छ ।

निर्मलालाई आरोपितले वैशाख २१ गते कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार पतिपत्नीबीच झगडा हुँदा आरोपित पहरीको कुटाइबाट निर्मलाको ज्यान गएको थियो ।

निर्मलाको ज्यान गएपछि पहरीले शव पलङमुनी लुकाएर राखेका थिए । अर्को दिन अबेरसम्म पनि निर्मलालाई नदेखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पोष्टमार्टम वैशाख २३ गते शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको छ ।

अन्य

भिडियो