राजदेवी नगरपालिका–५ की २४ वर्षीया निशा उपाध्यायलाई २५ वर्षीय पति विवेक तिवारी, ५५ वर्षीय ससुरा वीरेन्द्र तिवारी, ३० वर्षीय जेठाजु चन्दन तिवारी र २८ वर्षीया भाउजु सोनी तिवारीले वैशाख १४ गते हत्या गरी झुन्ड्याएको माइती पक्षको आरोप छ ।
निशालाई मारेर झुण्ड्याएको भनी गढीमाई नगरपालिका–५ मदनपुर निवासी मृतकका बाबु रामबाबु उपाध्यायले पटकपटक प्रहरीमा उजुरी दिने प्रयास गरेको भएपनि प्रहरीले उजुरी लिन अस्वीकार गरेको आरोप लगाएका छन् ।
दुई वर्ष अगाडि विवाह भएको र विवाह पश्चात विभिन्न शारीरिक तथा मानसिक यातना भोग्दै आएको भनी मृतकले यसअघि पटकपटक भन्ने गरेको तथा माइती पक्षलाई दाइजो कम भएको भनी धम्की आउने गरेकाले छोरीको हत्या नै गरेको उपाध्यायको आरोप छ ।
शवको पोष्टमार्टम वैशाख १५ गते जिल्ला अस्पताल गौरमा गरी सोही दिन दाहसंस्कार समेत गरिएको छ ।