१७ वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले वैशाख १२ गते मायादेवी गाँउपालिका–२ का ३५ वर्षीय नसिम मुसलमान र सोही ठाँउका ४० वर्षीय इवरार अहमद मुसलमानलाई जनही दुई वर्ष कैदको फैसला गरेको छ ।
चार जनाविरूद्ध दर्ता भएको मानव बेचबिखन तथा ओसार पसार मुद्दाका अन्य दुई जना मायादेवी गाँउपालिका–२ का अफरोज अहमद मुसलमान र बालिदान मुसलमानले सफाई पाएको जिल्ला अदालतले जनाएको छ ।
न्यायाधीश कपिलमणी गौतमको इजलासले उक्त फैसला गरेको हो । आरोपिहरूले ०७४ फागुन २६ गते भारततर्फ बेचबिखनका लागि लैजाँदै गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो ।