INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाम जिल्ला देउमाई नगरपालिका–४ का २३ वर्षीय समीर राईलाई प्रहरीले वैशाख १० गते गिरफ्तार गरेको छ ।

आरोपितले वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

सोही उजुरीका आधारमा आरोपितलाई इलाम मङ्गलवारेबाट गिरफ्तार गरिएको इन्स्पेक्टर अनिल पौडेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ९ गते गरिएको छ ।

अन्य

भिडियो