INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको फिदिम नपा–७ का २० वर्षीय आदेश राईलाई वैशाख ८ गते गिरफ्तार गरेको छ ।

फिदिम घर भई इलामको सूर्योदय नपा–१० मा ज्याला मजदुरी गर्दै आएका राईले पीडित महिलालाई ०७५ चैत २३ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी आएकाले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

घटनापछि चैत २५ गते पीडितका बाबुले राईविरूद्ध कारवाहीको माग गर्दै उजुरी दिएका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २५ गते नै इलाम अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो