मेचीनगर नगरपालिका–६ का १५ वर्षीय बालक किरण कार्की डोली दर्जीको इलाका प्रहरी कार्यालय विर्तामोडमा हिरासतमा रहेका बेला मृत्य भएपछि प्रहरीको यातनाका कारण मृत्यु भएको पीडित पक्षले आरोप लगाएको छ ।
पैसा र मोवाइल चोरी गरेको आरोपमा ०७५ चैत २९ गते विर्तामोडका स्थानीयले किरणलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा बुझाएका थिए ।
चोरी कबुल गराउने क्रममा कुटिएको कारण छोराको वैशाख १ गते मृत्यु भएको र सो घटनालाई लुकाउन प्रहरीले वैशाख २ गते पोष्र्टमार्टम गरी परिवारलाई खबर गरेको पीडितका बाबु रमेश कार्की डोली दर्जीले आरोप लगाए ।
‘चैत २९ गतेदेखि हराएको छोरो वैशाख २ गते इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा झुण्डिएर आत्महत्या ग¥यो र मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टम सके पश्चात ‘हामी तपाईलाई लिन आएका हौँ’ भन्दै प्रहरी घरमै आउँदा मात्र छोराको अवस्थाको बारेमा थाहा भएको पीडितका बाबुले बताए ।
घटना भएकै दिन (चैत २९ गते) प्रहरीले स्थानीय सञ्चारकर्मीलाई भारतीय बालक बेवारिसे अवस्थामा भेटिएको र उसको उमेर १९ वर्ष भएपनि घर ठेगाना पत्ता नलागेको सूचना इमेलमार्फत पठाएको थियो ।
तर, वैशाख २ गते शवको पोष्र्टमार्टम मेची अञ्चल अस्पतालमा गरिसकेपछि पीडितका बाबुलाई घरमै लिन आउनु र पोष्र्टमार्टम रिपोर्टमा हस्ताक्षर गर्न लगाई लत्कालै अन्त्येष्टी गर्न लगाउनुले प्रहरीको चरित्रमा खोट देखिएको पीडित पक्षको भनाई छ ।
छोराको रहस्यमय मृत्युका विषयमा बाबु रमेश कार्की डोली दर्जीले भने–‘प्रहरीले तपाईको छोराले आत्महत्या ग¥यो भन्छ ।’
डिएसपी खड्काको आदेशमा चैत २९ गते बालकलाई हिरासतमा राखिएको बताईएपनि सो विषयमा आफूलाई कुनै जानकारी नभएको डिएसपी श्रेष्ठको भनाई छ ।
प्रहरीले बालकले थुनुवा कक्षको वाथरूममा धारामा आफूले लगाएको लुगा प्रयोग गरी झुण्डिएर आत्महत्या गरेको भनेपनि थुनुवा कक्षमा झुण्डिने गरी कुनै ठाउँ नभएको पीडितका बाबुले बताए ।
प्रहरीले बालकलाई सुरूमा चोरी आरोपमा नियन्त्रणमा लिएपनि घटनापछि अभद्र व्यवहार अन्र्तगत मुद्दा चलाउने तयारी गरी रहेको अवस्थामा बालकले आत्महत्या गरेको जानकारी पीडित परिवारलाई दिएको छ ।
प्रहरीले अदालतबाट म्याद नथपी तीन दिन सम्म हिरासतमा राख्नु, परिवारलाई कुनै जानकारी नदिई पोष्र्टमार्टम रिपोर्टमा हस्ताक्षर गराउनु, तत्कालै अन्त्येष्टी गर्न लगाउनु, थुनुवा कक्षको सिसी क्यामेरा गायब हुनुले घटना शङ्कास्पद भएको पूर्वाञ्चल मानव अधिकार रक्षक सञ्जालका उपाध्यक्ष विष्णु खरेलले बताए ।
यसैबीच मानव अधिकारकर्मीले राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय विराटनगरलाई घटनाको विषयमा छानविन गर्न माग गर्दै वैशाख ४ गते पत्र पठाएका छन् ।
आयोगका प्रदेश १ प्रमुख मोहन जोशीले घटना गम्भीर प्रकृतिको भएकाले छानविनका लागि आयोगले तयारी गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय झापाले डिएसपी महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिका अन्य सदस्य को हुन् भन्ने सूचना प्रहरीले दिएको छैन । वैशाख ६ गते राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), पूर्वाञ्चल मानव अधिकार रक्षक सञ्जाललगायतका अधिकारकर्मीसँग छलफल गर्ने कार्यक्रम रहेको डिएसपी तथा छानविन समितिका संयोजक महेन्द्रकुमार श्रेष्ठले बताए ।