INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका रसुवा उत्तरगाया गाउँपालिका–३ ठूलोगाउँ घर भई तारकेश्वर नपा–८, लामाबगर काठमाडौँ बस्दै आएका २६ वर्षीय हर्क गुरुङलाई कसुरदार ठहर गर्दै जिल्ला अदालतले ६ वर्ष कैद सजायको फैसला गरेको छ ।

वैशाख ४ गते न्यायाधीश ऋषिकेश वाग्लेले इजलासले गरेको फैसलामा पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि उल्लेख गरिएको छ ।

पीडित बालिकालाई गुरुङले ०७३ पुस ५ गते नुवाकोटको ककनीको एक होटेलमा ल्याई बलात्कार गरेको आरोपमा पीडित बालिकाले पुस ११ गते महानगरीय प्रहरी प्रभाग बालाजुमा उजुरी दिइकी थिइन् ।

पीडित बालिकाको उजुरीपछि प्रहरीले आरोपितलाई पुस ११ गते नै तारकेश्वर नपा–८, लामाबगर काठमाडौँबाट गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रसूति गृह थापाथलीमा ०७३ पुस ११ गते गरिएको थियो । महानगरीय प्रहरी प्रभाग बालाजुले घटनास्थल नुवाकोट भएकोले थप अनुसन्धानको लागि ०७३ पुस १२ गते नुवाकोट प्रहरीलाई आरोपित सहित कागजात जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएको थियो ।

अन्य

भिडियो