प्यूठान नपा-१३ की ३५ वर्षीया कमला पाण्डेले बहुविवाह गरेको आरोपमा ३७ वर्षीय पति विनोद पाण्डे र सोही नपा-१५ की ३४ वर्षीया सुमित्रा थापाविरुद्ध कानुनी कारबाहीको माग गर्दै कात्तिक १ गते प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
पीडित महिलाले आरोपितद्वयले असोज ३० गते विवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय बिजुवारमा बहुविवाहको उजुरी दिएको बताइन् ।
‘पटकपटक कुटपिट गरेपछि माइत गएको थिएँ । त्यही बेलामा अर्को विवाह गरी घरमा भित्र्याएको थाहा पाएँ । अनि न्यायका लागि प्रहरीमा उजुरी दिएकी हुँ ।’-पीडित महिलाले भनिन् ।
आरोपितलाई गिरफ्तार गर्न प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बिजुवारका इन्स्पेक्टर विकास थापाले जानकारी दिए ।