मादक पदार्थ सेवन गरी कोशी अञ्चल अस्पतालका डाक्टरलाई हातपात गरेको आरोपमा चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
अस्पतालका आस्कमिक सेवामा कार्यरत ३५ वर्षीय डक्टर सुनिलबाबु खनाललाई चैत २३ गते हातपात गरेको आरोपमा चैत २४ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मनोज केसीले बताए । हातपात गर्ने समूहले डक्टरलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको एसपी केसीको भनाइ छ ।
‘हातमा घाउ भयो’ भन्दै अस्पताल पुगेका आरोपितहरुले डाक्टरमाथि हातपात गरेका थिए । प्रहरीले जहदा गाँउपालिका- ३ का ३० वर्षीय विनोद राय,सोही ठाउँका २१ वर्षीय उमेश राय, २५ वर्षीय जागवत सहनी र २५ वर्षीय प्रमोद रायलाई गिरफ्तार गरिएको एसपी केसीले बताए ।