INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारी चिकित्सकहरूको आन्दोलनः बिरामीलाई सास्ती

सरकारी अस्पतालका चिकित्सकहरूको आन्दोलनका कारण अस्पतालमा सेवा लिन आएका बिरामीलाई सास्ती भएको छ । सम्पूर्ण चिकित्सकहरूलाई प्रदेशस्तरमा नभई संघीयस्तरबाट समायोजन गर्नुपर्ने माग राख्दै चैत २२ गते बाट आन्दोलनरत सरकारी चिकित्सक संघले आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारेपछि उपचारका लागि काठमाडौँ भन्दा बाहिरी जिल्लाबाट आएका बिरामीहरू अलपत्र परेका छन् ।

कालीकोटबाट उपचारका लागि वीर अस्पताल आएका कर्मबहादुर शाहीले आफू सीमित खर्चमा काठमाडौँ आएको तर डाक्टरहरूको आन्दोलनका कारण उपचारमा ढिलाइ हुँदा खर्च अपुग हुने चिन्ता व्यक्त गरे । “कालिकोटबाट १० हजार रुपियाँ सापटी गरेर यहाँ आएँ । काठमाडौँमा हाम्रो त कोही छैन । होटलमा बस्दा पैसा सकिन लाग्यो । अझै अस्पताल खुल्ने सुरसार छैन ।” उनले भने । डाक्टरहरूको आन्दोलनका कारण शाही जस्ता सयौँ बिरामी दिनहुँ अस्पताल पुगेर उपचार बिनै फर्कन बाध्य भएका छन् ।

सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा दिपेन्द्र पाण्डेले भने सरकारले चिकित्सकहरूको समायोजनमा जब्बरजस्ती गरेको र सो निर्णय फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताए ।

अन्य

भिडियो