INSEC Online

📅 २०८३ जेष्ठ २१

गल्कोटका मुस्लिम समुदायलाई चिहान घाट अभाव

गल्कोट नगरपालिकाका मुस्लिम समुदायले आफ्नो संस्कार अनुसार दाहसंस्कार गर्ने स्थानको अभाव भएको गुनासो गरेका छन् ।

सो समुदायका अगुवाले २६ घरधुरीमा बसोबास रहेको बताउँदै नजिक घाट नहुँदा लाखौँ खर्च गरेर आफ्नो बासस्थानदेखि ४० किलोमिटर टाढा कालिगण्डकी किनारको निर्णघाटमा रहेको कब्रस्थानमा लागेर अन्तिम संस्कार गर्न बाध्य भएको गुनासो गरेका हुन् ।

पश्चिम गल्कोट नगरपालिकाबाट सवारी साधन रिजर्भ गरेर अन्तिम संस्कारको लागि कब्रस्थानसम्म ल्याइपु¥याउँदा १ लाख रुपियाँभन्दा बढी खर्च हुने गरेको सौगात अलि मियाले बताए ।

गलकोट नगरपालिकाले विभिन्न शीर्षकमा बजेट विनियोजन गरेपनि मुस्लिम समुदायका लागि बजेट नदिएको मियाले आरोप लगाएका छन् ।

सदियौँदेखि आपूmहरू स्थायी रूपमा गलकोट नगरपालिकाभित्र बसोबास गर्दै आएको भएपनि घाट व्यवस्थापनको लागि कसैले पहल नगरिदिएको उनीहरूको गुनासो छ ।

गलकोट नगरपालिका र वडा कार्यलयसँग पटक–पटक घाटको विषयमा कुरा उठाउँदा पनि खासै चासो नदिएको मियाको आरोप छ ।

‘आफ्नो चिहान घाट छैन । हारगुहार गर्दा स्थानीय तहले पनि चासो दिँदैन ।’–मियाले भने । त्यस्तै आर्थिक अवस्था कमजोर भएकाहरूको लागि नजिक कब्रस्थान नभएको कारणले पैसा उठाएर अन्तिम संस्कार गर्नुपर्ने बाध्यता समेत हुने गरेको स्थानीय साखिरा बानुले बताइन् ।

मुस्लिम समुदायको यो समस्याप्रति आपूmहरू जानकार रहेको बताउँदै गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले नगरपालिका सो समुदायको समस्याप्रति गम्भिर रहेको उल्लेख गरे ।

गल्कोट नगरपालिकामा सार्वजनिक जग्गाको अभाव भएको कारण तत्काल नगरपालिकासँग घाट व्यवस्थापनको लागि जग्गा खरिद गर्नसक्ने अवस्था नभएको र विकल्पको खोजी गरिरहेको शर्माले बताए ।
बस्तीको नजिक चिहान बनाउँदा समस्या हुने देखिएकोले दीर्घकालिन रूपमा समस्या समधानको लागि छलफल चलिरहेको र समुदायको माग पूरा गर्नेमा नगरपालिका प्रतिबद्ध रहेको शर्माले प्रतिक्रिया दिए ।

अन्य

भिडियो