INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश २ को बाँकी विषयको एसइइ परीक्षा स्थगित गर्ने सरकारको निर्णय

सङ्घीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ । अन्यत्र भने परीक्षा जारी रहनेछ ।

चैत १४ गते विज्ञान र चैत १५ गते सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

मन्त्री गिरिराजमणि पोखरेलले भने-‘स्थगित परीक्षा यसै महिनाभित्र हुने गरी तालिका प्रकाशित गर्छौं ।’

उनका अनुसार चैत १४ गते रद्द भएर २२ गतेका लागि तय भएको विज्ञान विषयको परीक्षा भने त्यही दिन हुनेछ । स्रोतका अनुसार २२ गतेदेखि जोडेर बाँकी परीक्षा गर्ने तयारी छ ।

प्रदेश २ मा एसइइ परीक्षा दिने ७० हजार ५ सय ६८ जना परीक्षार्थी छन् भने २ सय ६२ परीक्षा केन्द्र तोकिएको थियो ।

मन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्नुलाई आपराधिक घटना भएको र संलग्नलाई कारबाही गरिछाड्ने बताए ।

अन्य

भिडियो