नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा ०८२ भदौ २४ गते गौर कारागारबाट फरार भएका कैदी कटरिया नगरपालिका–७ बस्ने ३० वर्षीय प्रभु माझीलाई ०८३ साउन ८ गते राति प्रहरीले गिरफ्तार गरेको छ ।
घरमै लुकिछिपी बस्दै आएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरी टोलीले माझीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त गौतमले जानकारी गराउनुभयो छ । उनी पाँच वर्षीया बालिकालाई ०६८ फागुन २५ गते बलात्कार गरी हत्या गरेको कसुरमा २० वर्ष कैद फैसला भई गौर कारागारमा कैद भुक्तानी गरिरहेको डीएसपी गौतमले बताउनु भएको छ ।