प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार, उचित खानपान र पोषणको अवस्था सुधार गर्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ । समितिको ‘बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति’को प्रतिवेदन, २०८३ माथि ०८३ साउन ३ गते भएको छलफलका क्रममा सभापति समिक्षा बाँस्कोटाले प्रतिवेदन कार्यान्वयनमा सम्बन्धित मन्त्रालयले आवश्यक निर्देशन र सुझाव दिनुपर्ने बताउनु भयो । उहाँले विशेषगरी रुपन्देही बाल सुधार गृहसहित क्षमताभन्दा बढी बालबालिका रहेका सुधार गृहको व्यवस्थापनमा तत्काल ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नु भयो । सभापति बाँस्कोटाले सुधार गृहमा रहेका बालबालिकालाई कैदीबन्दीसरह ‘सिदा’ उपलब्ध गराइनु उपयुक्त नभएको भन्दै उनीहरूको उमेर र स्वास्थ्यलाई ध्यानमा राखी छुट्टै पोषणयुक्त खानाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
बलात्कार गरेको कसुरमा सात वर्ष कैद
२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले ५४