INSEC Online

📅 २०८३ श्रावण ५

बलात्कार प्रयास गरेको कसुरमा १२ वर्ष ६ महिना कैद

२० वर्षीया शारीरिक र बौद्धिक अपाङ्गता भएकी युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले कञ्चन गाउँपालिका–३ का ४६ वर्षीय मनबहादुर विश्वकर्मालाई १२ वर्ष ६ महिना कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश चाणकमणी अर्यालको ०८३ असार २१ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष ६ महिना कैद, ३ लाख ५० हजार रुपियाँ जरिवाना र जरिवानाको सबै रकम पीडितलाई भराइदिने र १ हजार ४ सय रुपियाँ पीडित राहत कोषको राख्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार विमल रेग्मीले जानकारी दिनुभएको छ ।

आरोपितले पीडितलाई ०८२ असोज २८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असोज २९ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएका थिए । प्रहरीले आरोपितला असोज २८ गते घरबाटै गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परिक्षण असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो ।

रीमा बि.सी.

अन्य

भिडियो