५४ वर्षीया धनमाया तामाङलाई फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले बलेफी गाँउपालिका—८ का पति ५५ वर्षीय सोमबहादुर तमाङलाई ०८३ साउन १ गते गिरफ्तार गरेको छ ।
आरोपित तामाङले पत्नीलाई ०८३ असार २३ गते फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइतेको काठमाण्डौ स्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गरिएकोमा थप उपचारको लागि नेपाल मेडिकल कलेज जोरपाटीमा लगिएकोमा साउन १ गते मृत्यु भएको हो ।
आरोपितलाई प्रहरीले गिरफ्तार गरी जिल्ला अदालत पेश गरी अनुसन्धान प्रक्रिया शुरु गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसि शाहले बताउनुभयो । शवको मेडिकल कलेजमा पोष्टमाटम गरी आफन्तले सद्गत गरेको डिएसपी शाहले बताउनुभयो ।