INSEC Online

📅 २०८३ असार ३१

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय काकालाई ०८३ असार २९ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असार २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार ३० गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ परीक्षण सोहिदिन पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष कुमार खड्काले बताउनु भयो ।

उद्धब पोखरेल

अन्य

भिडियो