१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबुलाई ०८३ असार २९ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार २५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार २६ गते प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएका थिए । जिल्ला अदालतबाट असार २९ गते एक हप्ताको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी परिसर जावलाखेलका सूचना अधिकारी एवम् एसपी गौतम मिश्रले जानकारी दिनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण ०८३ असार २६ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले बताउनु भयो ।