२४ वर्षीया महिलालाई दाइजोको निहुँमा कुटपिट गर्नुका साथै शारीरिक तथा मानसिक यातना दिएको भन्दै जनकपुरधाम उपमहानगरपालिका–१३ पिरारीका पती २८ वर्षीय निरञ्जन सिंह, ३१ वर्षीय देवर राजन सिंहविरुद्ध पीडितले ०८३ असार २९ गते धनुषा जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी छिन्।
आरोपितले असार २६ गते राति कुटपिट गर्दा टाउकोमा गम्भीर चोटे लागेको पीडितले बताइन् । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भयो । दुई वर्षअघि सामाजिक परम्पराअनुसार दुवै पक्षको सहमतिमा दाइजो नलिई विवाह भएको तर विवाह भएको एक महिनापछि नै आरोपितले दाइजोको माग गर्दै पटक–पटक हिंसा गरेको पीडितले आरोप लगाएकी छन्।