INSEC Online

📅 २०८३ असार ३०

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको मोतिहारी जिल्ला बोरियानी थाना स्थायी घरभई वाणगंगा नगरपालिका–१ जितपुर बस्ने ४७ वर्षीय महेन्द्र प्रसाद थारुलाई ०८३ असार २० गते वाणगंगाबाट गिरफ्तार गरेको छ ।

आरोपितहरुले पीडितलाई असार १३ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले असार २० गते इलाका प्रहरी कार्यालय वाणगंगामा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण असार २० गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो