INSEC Online

📅 २०८३ असार १९

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीशंकर गाउँपालिका–२ का २४ वर्षीय जिम्मी भन्ने आङजिम्मी शेर्पा र ३७ वर्षीय सुकु शेर्पालाई ०८३ असार १३ गते गिरफ्तार गरेको छ ।

आरोपितहरुले बालिकालाई ०८२ पुस २५ गतेदेखि पटक–पटक बलात्कार गरेको भन्दै पीडित पक्षले असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १० गते पशुपति चौलागाई अस्पताल, चरिकोटमा गरिएको छ । अस्पतालले दिएको रिपोर्ट अनुसार पीडित बालिकाको २८ हप्ताको गर्भ रहेको छ ।

उद्धव पोखरेल

अन्य

भिडियो