INSEC Online

📅 २०८३ असार १३

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ र १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

१४ वर्षीया बालिकालाई ०८३ असार १० गते बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका–५ का २१ वर्षीय शिवा सहनीलाई असार १२ गते गिरफ्तार गरेको हो ।

१६ वर्षीया बालिकलाई सोहीदिन भद्रपुर नगरपालिका–५ स्थित मेची किनारमा बलात्कार गरेको आरोपमा सोही ठाउँका १८ वर्षीय अभिषेक महतोलाई असार १२ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

दुई जना बालिकालाई घर पुर्‍याइदिने बहानामा ०८३ असार १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितहरुविरूद्ध असार १२ गते वडा प्रहरी कार्यालय, भद्रपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितहरुलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाहरुको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा असार १२ गते गरिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो