INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित १६ वर्षपछि गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ५२ वर्षीय गजकुमार राईलाई १६ वर्षपछि चैत ४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०५१ मङ्सिर २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले आरोपितविरूद्घ जबरजस्तीकरणी शीर्षकमा जिल्ला अदालतमा ०५१ पुस ४ गते मुद्दा दर्ता गरी कारवाही अघि बढाएको थियो ।

उजुरी लगत्तै फरार रहेका आरोपितलाई जिल्ला अदालतले ०५९ चैत ९ गते जबरजस्तीकरणी कसुरमा ३ वर्ष ३ महिनाको कैद सजाय तोकेको थियो ।

१६ वर्ष पछि घर आएको अवस्थामा गिरफ्तार गरी अदालत पेश गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०५१ पुस ४ गते गरिएको थियो ।

अन्य

भिडियो